भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन



भोजपुर असोज ३ । जिल्लाको हतुवागढी गाउँपालिका उपाध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर जिल्ला सचिवालय सदस्य चन्द्रमा राईको शुक्रबार निधन भएको छ ।

हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति निधन भएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम थुलुङ राईले जानकारी दिए । उपाध्यक्ष राई भदौ २९ गतेदेखि सामान्य ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा भर्ना भएकी थिइन् । तर उनमा जन्डिस र रक्तचापको कमी देखिएपछि स्वास्थ्य केन्द्रको सिफारिसमा असोज १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर भएकी थिइन् ।

उपचारका क्रममा उपाध्यक्ष राईलाई शुक्रबार राति ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्