काठमाडौं उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिए



काठमाडौं असोज २ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा हालसम्मकै धेरै कोरोना संक्रमित देखिएका छन् ।

उपत्यकका तीन जिम्लामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनालाई कोरोना संक्रमण देखिएको छ ।

उपत्यकामा कोराना संक्रमितको कुल संख्या १५ हजार १सय ३८ पुगेको छ। काठमाडौंमा १२ हजार ४ सय ४४ ललितपुरमा १ हजार ४ सय २६ र भक्तपुरमा १ हजार २ सय ६८ संक्रमित पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्