कोरोना अपडेट: पछिल्लो २४ घण्टामा १२४६ संक्रमित थपिए



काठमाडौं,असोज १ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार २ सय ४६ जनामा संक्रमित थपिएका छन्।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थपिएका १ हजार २ सय ४६ जनासहित देशभर संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

संक्रमितमध्ये ४२ हजार ९ सय ४९ जना निको भएर फर्किएका छन् भने ३ सय ८३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्