भन्सार विभागद्वार दुई महिनामा झण्डै ४८ अर्ब रुपैयाँ राजस्व सङ्कलन



काठमाडौं असोज १ ।

भन्सार विभागले दुई महिनामा झण्डै ४८ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । साउन र भदौमा ४७ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार विभागले जनाएको छ ।

यो कुल लक्ष्यको ९४ दशमलव ३३ प्रतिशत हो । दुई महिनामा ५० अर्ब ७१ करोड रुपैयाँ भन्सार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । साउनमा भन्सार विभागले लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गरेको थियो । १९ अर्ब ८९ करोड रुपैयाँको लक्ष्य रहेकोमा साउनमा २२ अर्ब ८४ करोड रुपैयाँ सङ्कलन भएको थियो ।

सबैभन्दा धेरै वीरगञ्ज भन्सारबाट आठ अर्ब ५९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै भैरहवाबाट ६ अर्ब ४९ करोड, विराटनगरबाट दुई अर्ब ५६ करोड, सुख्खा बन्दरगाहबाट दुई अर्ब ५१ करोड र नेपालगञ्जबाट एक अर्ब ४६ करोड रुपैयाँ राजस्व असुली भएको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९३ करोड रुपैयाँ सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्