सुन तोलामा ९ सय रुपैयाँले घट्यो



काठमाडौं असोज १ ।

दुई दिन स्थिर रहेको सुनको मूल्य बिहीबार घटेको छ।

छापावाला सुनको मूल्य बिहीबार तोलामा नौ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा नौ सय रुपैयाँले घटेर ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्