पाल्पा र विराटनगरका १/१ संक्रमितको मृत्यु



काठमाडौं असोज १ । पाल्पा र विराटनगरका १/१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोसी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना भएका विराटनगर महानगरपालिका- ६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । बुधबार राति करिब ११ बजे भर्ना भएका उनको १२ बजे मृत्यु भएको थियो । मृत्युपश्चात् जाँच गर्दा बिहीबार बिहान पोजिटिभ रिपोर्ट आएको हो ।

कोशी अस्पताल आइसोलेसन संयोजक डाक्टर लक्ष्मीनारायण यादवका ६६ वर्षीय पुरुषलाई गम्भीर अवस्थामा बुधबार राति ११ बजे कोशी अस्पताल भर्ना गरिएको थियो । आइसोलेसनमा भर्ना भएको करिब १ घण्टापछि मृत्यु भएको थियो ।

यस्तै पाल्पा तानसेन नगरपालिका-७ का ५२ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएको हो । एक साताअघि बिरामी भएर मिसन अस्पताल तानसेन गएका उनमा कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि उपचारको लागि बुटवल र भैरहवा पुर्‍याइए पनि अस्पतालले भर्ना नलिएपछि पुनः पाल्पा फर्केका थिए । लुम्बिनी प्रादेशिक अस्पतालले धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा बेड नभएको भन्दै राख्न नमानेको र भैरहवाको भीम अस्पतालले पनि बेड नभएको भन्दै बिरामी फर्काएको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्