नुवाकोटमा १ सय ८ जनाले कोरोना जिते



नुवाकोट,असोज १ । नुवाकोटका एकसय ८ जना कोरोना संक्रमितले कोरोना जित्न सफल भएका छन् । बुधबारसम्म १०८ जनाले कोरोना जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा नुवाकोटका ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लामा कोरोना जित्नेको संख्या १ सय ८ जना पुगेको हो। पछिल्लो २४ घण्टामा जिल्लाका ४ जना पुरुष निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जनाए । जिल्लामा हालसम्म ८२ पुरुष र २६ महिला कोरोना निको भएर घर फर्किएका छन् ।

कार्यालयका अनुसार नुवाकोटमा एकसय १५ जनामा कोरोना संक्रमित भेटिएका छन् जसमध्ये ८८ पुरुष र २८ महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्