मुड्खुमा पानी बोक्ने गाडी दुर्घटना,३ घाइते



दुर्घटनाग्रस्त पानी बोक्ने गाडी

काठमाडौं,भदौ ३१ । तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित मुड्खुमा पानी बोक्ने गाडी दुर्घटनामा परेको छ। बा २१ च २१३३ नम्बरको पानीकाे जार  बाेक्ने गाडी बुधबार सडकबाट ५० मिटर तल झरेको प्रहरी जनाएको छ।

दुर्घटनामा परी घाइते हुनेमा गाडी चालक बर्ष २२ का दिपेश लामा ,बर्ष २४ काे बिनाेद पुतुवार ,बर्ष ३० काे सुनिल महत रहेकाे मुड्खु प्रहरीले जनाएको छ। गाडी फुलबारी गेटबाट मुडखु तर्फ जाँदै गरेकाे बताइएको छ।

दुर्घटनामा परेका दुई जनाको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन्। उनीहरुको ग्रीनसिटी अस्पतालमा उपचार भैरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्