नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु



चितवन भदौ ३१ ।

नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा बुधवार बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ ।

सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टकाअनुसार बिहान ५ः४५ बजेको समयमा ती दुवै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै बिहान ११ः०० बजेदेखि सवारी आवागमन शुरु भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्