एसिडपीडितलाई सरकारी राहत: जीवनभर उपचार, निःशुल्क शिक्षा र रोजगारी



काठमाडौं भदौ ३० ।

सरकारले एसिड आक्रमणमा परी घाइते भएका सबैको जीवनभरको उपचार गर्ने भएको छ।

सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार एसिड आक्रमणमा परेकाहरूका लागि सबै औषधिसमेत सरकारले नै व्यवहोर्ने व्यवस्था गरिएको छ । यस्तै एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा उपलब्ध गराउने समेत निर्णय भएको उनले जानकारी दिए।

सरकारले एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकासका लागि तालिमका अवसर मिलाउने र योग्यता अनुसारका रोजगारी उपलब्ध गराउने समेत निर्णय भएको उनले उल्लेख गरे। यस्तै पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउनेसमेत निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्