दशैंँको टिकट बुकिङ असोज १५ देखि खुल्दै, भाडादर दोब्बर



काठमाडौं भदौ ३० ।

दशैंँमा घर जानेले असोज १५ देखि टिकट लिन पाउने भएका छन् ।

यातायात व्यवस्था विभागले असोज १५ देखि दशैँ विशेष लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको हो । विभागका महानिर्देशक गोगन हमालले दसैँलाई लक्षित गरी १५ असोजबाट टिकट बिक्री वितरण खुला गर्ने तयारी भइरहेको बताएका हुन् । टिकट बसपार्कमा भन्दा अनलाईनबाटै काट्न मिल्ने गरी व्यवस्था गर्न लागिएको उनले बताएका छन् ।

तर भाडादर भने दोब्बर हुने भएको छ । धेरै यात्रुको चाप हुने भएकाले गाडी भाडा ५० प्रतिशतले बढाउने तयारी भइरहेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन र जोगाउनका लागि एक सीटमा एक जना मात्रै यात्रु राख्ने गरी दोब्बर भाडा बढाउन लागिएको हमालले बताए ।

हरेक बर्ष दशैंँका लागि २५ लाख मानिसले काठमाडौं छाड्ने गरेका छन् । तर यस बर्ष धेरै जना पहिले नै गाउँ गएकाले आधा मात्रै काठमाडौँबाट बाहिर जाने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्