देशभर ४० हजार बढी कोरोना मुक्त



काठमाडौं,भदौ ३० । बितेको २४ घण्टामा देशभरबाट १ हजार ६२ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।

मंगलबार १ हजार ६२ जना कोरोना मुक्त भए संगै देशभर कोरोना मुक्त हुनेहरुको संख्या ४० हजार ६ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ७ हजार २ सय ५० जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार १ सय ३९ र होम आइसोलेसनमा ७ हजार ६सय ४० जना रशेका छन् ।

यस्तै नेपालमा कुल कोरोना संक्रमित मध्य ७१.९ अर्थात ४० हजार ६ सय ३८ निको भएका छन्

प्रतिक्रिया दिनुहोस्