रक्सीले मातेका बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु



पर्सा भदौ ३० ।

पर्साको पोखरिया नगरपालिका ६ को सिर्सियामा बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु भएको छ ।

बुवाले रक्सी खाएर आएको विषयमा दुई जनाबीच भनाभन भएको थियो । रक्सीले मात्तिएका बावुले छुरा प्रहार गर्दा ३५ वर्षीय छोरा माधव साह रौनियारको ज्यान गएको हो । छुरा प्रहार गर्ने ७० वर्षीय बुवा लक्ष्मी साह रौनियारलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका माधवलाई उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सोमबार साँझ बुवाले छोरामाथि छुरा प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्