नेपाल विद्युत प्राधिकरणबाट कूलमानको बिदाई



काठमाडौं भदौ ३० ।

नेपाल विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक कूलमान घिसिङको बिदाई गरिएको छ ।

मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको दाइ गरेका हुन् । विदाई कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहार दिएका थिए ।

बिदाइ कार्यक्रममा उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले कूलमानको २६ बर्षे सेवाका लागि विदाई गरिएको बताए । कूलमानको कार्यकाल दुई दिनअघि नै सकिएको थियो ।

उनलाई फेरि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न माग गर्दै आवाज उठेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले नै कुलमानलाई निरन्तरता दिन नचाहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्