पर्सामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु



पर्सा भदौ ३० । भदौ २९ गते सोमबार वीरगन्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

मृत्युहुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेका अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहले जनाकारी दिए । उनका अनुसार ती महिला उच्च ज्वरो, कडा निमुनिया र स्वासप्रस्वास रोगबाट ग्रसित थिइन् ।

सोमबार ती महिलाको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ । शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्