राष्ट्रियसभामा बामदेव सिफारिस, आन्तरिक उडान असोज ५ देखि



काठमाडौ, भदौ ३० । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी कृषि तथा सहकारी मन्त्री घनश्याम भुषालले जानकारी दिए ।

यस अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको नाम सिफारिस गर्ने बारे सचिवालय बैठकलाइ जानकारी गराएका थिए ।

साथै नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी पदमा कुलमान घिसिङको नाम सिफारिस हुने समाचारहरू सार्वजनिक भए पनि आज त्यस विषयमा कुनै एजेण्डै नआएको मन्त्री भुषालले जानकारी दिए । यसैगरी असोज ५ गतेबाट आन्तरिक उडान पनि सञ्चालन गर्ने निर्णय भएको उहाँले जानकारी गराए ।

यो समाचार गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्