हवाई उडान र सार्वजनिक यातायात असोज ५ गतेदेखि संचालन गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं भदौ २९ । नेपाल सरकारले आन्तरिक उडान र सार्वजनिक सवारी साधन असोज ५ गतेबाट संचालन गर्न दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण बढिरहे पनि यातायात र हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्