राष्ट्रिय झण्डा जलाउने गायक पुर्पक्षका लागि जेल



काठमाडौं,भदौ २९ । राष्ट्रिय झण्डा जलाउने गायक पुर्पक्षका लागि जेल पठाउने आदेश अदालतले दिएको छ भने राष्ट्रिय झण्डा जलाएर भिडियो छायांकन गरी सार्वजनिक गर्ने समूहका ८ जना भने तारीखमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले गायक ग्याल्जेन दोर्जे तामाङलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो

आइतबारको थुनछेक बहसपछि समुहका चालकमान दोङ, सञ्जय भन्ने हुत्तबहादुर तामाङ र सन्जिवकुमार घिसिङ धरौटी तारेखमा छुटेका छन् । उनीहरुलाई जनही १५ हजार धरौटी तोकिएको थियो । त्यस्तै, लाबुङ तामाङ भन्ने लबाङमाया तामाङ, मिमबहादुर बोम्जन, कमलबहादुर तामाङ, अरुण थामी, सन्तबहादुर योञ्जनलाई साधारण तारेखमा रिहा गरेको छ ।

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–३ सल्लेनीमा छायांकन गरिएको भिडियोमा राष्ट्रिय झण्डा जलाउँदै बाहुन क्षेत्री र हिन्दु धर्मलाई गालिगलौज गरिएको थियो । भिडियोलाई मंगोल हब नामको युट्युव च्यानलबाट भदौ १ गते सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्