२४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय १२ संक्रमित



काठमाडौं भदौ २९ । काठमाडौं उपत्यकामा ५ सय १२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा गत २४ घन्टामा काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना संक्रमित फेला परेको जनाइएको हो ।

२४ घन्टामा देशभर भने ११ सय ७० संक्रमित थपिएका छन् । २४ घन्टामा १० हजार ८ सय ७८ पीसीआर परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्