थिमि वृतका ३० प्रहरीमा कोरोना संक्रमण



भक्तपुर, भदौ २९ । महानगरीय प्रहरी बृत्त थिमिका ३० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सो बृृत्तका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बृत्तमा रहेका ५ जना थुनुवामा पनि संक्रमण देखिएको थियो । महानगरीय प्रहरी परिसरका ४ जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो ।

आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले जानकारी गराएको तथ्यांकअनुसार प्रहरी सहित भक्तपुरमा ८१ संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांक अनुसार भक्तपुरमा कोरोना संक्रमितको संख्या ९ सय ९३ पुगेको छ । पुरुष ५ सय ७७ र महिला ४ सय १६ जना रहेका छन् । आइतबार भक्तपुरमा देखिएको संक्रमण ३० जना भने प्रहरी रहेका छन् । ५१ जना सर्वसाधरणमा कोरोना संक्रमण भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर जिल्लामा आईतबार हालसम्मकै धेरै अर्थात ८१ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि गरेको भएता पनि ८२ जनाको नामावली आएको जानकारी दिएको छ ।भक्तपुर जिल्लामा कोरोना पोजेटिभ भएका १२ जना सम्पर्क विहिन भएका छन् ।

यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्