असोज १ गते घर घरमा दीप प्रज्वलन गर्न सरकारको आग्रह



काठमाडौं भदौ २८ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको मनोबल बढाउन सरकारले असोज १ गते राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ।

स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलका अनुसार स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरिएको हो ।

विश्व विरामी सुरक्षा दिवसको अवसर मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको डा. पोखरेलले बताए। यसका साथै सोह समयमा कोरोना भाइरसबाट मृत्यु भएकाको सम्झनमा एक मिनेट मौनधारण गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।

यस्तै असोज ७ गते सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा माइतिघरमा दीप प्रज्वलन गर्ने मन्त्रालयले तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्