काठमाडौँमा ६ सहित थप ९ जनाको कोरोनाबाट मृत्यु



काठमाडौं भदौ २८ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ पुरुष र तीन महिला छन् ।

मोरङका ६९ वर्षीय पुरुष, काठमाडौँका ६५र६५ वर्षीया दुई महिला तथा ५९, ७०, ६४ र ५९ वर्षका चार पुरुष गरी ६ जना, सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष र कास्कीकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्य ३ सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्