चौबीस घण्टा नबित्दै शिक्षण अस्पतालमा चार कोरोना संक्रमितको मृत्यु



काठमाडौं,भदौ २८ । काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित पुरुषको निधन भएको छ।

टिचिङ अस्पतालमा उपचारकोक्रममा मृत्यु हुनेहरुमा काठमाडौंका तीन र सिन्धुपाल्चोकका एक जना पुरुष रहेको अस्पतालका कोभिड टिम सदस्य डा‍. सविन थपलियाले जानकारी दिए।

मृत्यु हुने संक्रमितहरूमा काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष र सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषहरु रहेका छन् ।

काठमाडौंका ६४ वर्षीय पुरुषको भने आइतबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। यस्तै काठमाडौंकै ५९ वर्षीय पुरुष गत भदौ १९ गते अस्पताल भर्ना भएका थिए। मधुमेहका समेत रोगी रहेका उनको गए राति सवा ११ बजे मृत्यु भएको हो। काठमाडौँका ६४ वर्षीय पुरुषको भने किड्नी फेल भएको थियो ।

काठमाडौंकै ७० वर्षीय वृद्धको शनिबार ४ बजे मृत्यु भएको थियो। सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको भने शनिबार राति साढे १२ बजे मृत्यु भएको डा. थपलियाले जनाए। उनमा कोभिड निमोनियाको समस्या रहेको थपलियाले बताए।

प्रतिक्रिया दिनुहोस्