सिन्धुपाल्चोकमा अर्को विपत्ति: जिल्लाको घुम्थाङ र भीरखर्कमा झण्डै १८ घर पुरिए



घटनास्थल

सिन्धुपाल्चोक,भदौ २८ । सिन्धुपाल्चोकमा फेरि अर्को विपत्ति आएको छ। जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर पुरिएको बताइएको छ। त्यस्तै जिल्लाको भीरखर्कमा कम्तिमा १० घर पुरिएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपाने जनाएका छन् ।

स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । ‘घुम्थाङको नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी ढकालले बताए । उनले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिए ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए ।
गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।

सभामुख सापकोटा पहिरो स्थल तर्फ जाने तयारी भैरहेको श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्