काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४१५ संक्रमित थपिए
काठमाडौं, भदौ १२ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय १५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३५० जना र ललितपुरका ११ जना र भक्तपुरका ५४ जना रहेका छन् ।
देशभर थपिएका ९ सय २७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय १३ जना थपिएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले उल्लेख गरेका छन् । १० हजार २ सय २२ जनाको पिसीआर परिक्षणमा ९ सय २७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
त्यसैगरी आज २४ घन्टामा १६९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २० हजार २ सय ४२ रहेको छ । देशभर कुल संक्रमितको सख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।