काठमाडौं भदौ १२ । नेपालका अर्बपति व्यवसायी तथा सांसद विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको चौधरीले ट्विटरमार्फत जानकारी दिएका छन् । त्यस्तै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन् । ६५ वर्षीय चौधरी फोर्ब्सको सूचीमा परेका एक मात्र नेपालका अर्बपति व्यवसायी हुन् ।
उनले डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि उनले जानकारी दिएका छन् ।