काठमाडौं उपत्यकामा थपिए १८२ संक्रमित
काठमाडौं, भदौ ५ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टा अवधिमा १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ८ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै १ सय ८२ जना थप भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले उल्लेख गरेका छन् । काठमाडौं उपत्यकामा थपिएकामध्ये काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जना रहेका छन् ।
प्रवक्ता गौतमका अनुसार १३ हजार ५ सय ७९ जनाको पिसीआर परिक्षणमा ८ सय ३८ जनाको रिर्पोट पोजेटिभ आएको हो ।
त्यसैगरी २४ घण्टा अवधिमा २५० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । शुक्रबारसम्म निको भई घर फर्कनेको सख्या १८ हजार २ सय १४ रहेको छ । देशभर कुल संक्रमितको सख्या ३० हजार ४ सय ८३ पुगेको छ ।