नेपाल-भारत संवादहीनता अन्त्य



काठमाडौं,भदौ २ । सोमबार नेपाल र भारतबीच बसेको ‘नेपाल—भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म’ (संयुक्त निगरानी संयन्त्र) बैठक बसेको थियो । सो भर्चुअल बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको बताएको छ । परियोजनाको काम सन्तोषजनक भएकाले थप सहकार्य गरेर अघि बढ्ने बताइएको परराष्ट्रका एक अधिकारीले जानकारी दिए ।

सो ‘भर्चुअल’ बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदाश वैरागी र भारततर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गरेका थिए । लामो समयदेखि संवादहीनताको अवस्थामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको दुई दिनपछि दुई देशबीचको संयुक्त निगरानी संयन्त्र बैठक हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भएको सीमा विवादपछि दुई देशबीच संवादहीनता रहेकामा पछिल्ला दुई घटनाले केही आशा जगाएको पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको बुझाइ छ । पछिल्ला दुई वटा संवाद हुनु भनेको संवादहीनता अन्त्य र संवाद गर्ने बाटो खुला भएको हो । सीमा विवादका कारण नेपाल र भारतबीच लामो समय संवाद हुन नसकिरहेका बेला नेपाल–ओभरसाइट मेकानिज्मको आठौं बैठक हुनुलाई महत्त्वपूर्ण मानिएको छ ।

यो समाचार राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्