नेपालमा कोरोनाबाट मृतकको संख्या बढ्दै, कुन प्रदेशमा कतिको मृत्यु ?
काठमाडौं,साउन २९ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपराह्न दिएको जानकारीअनुसार देशभर ९५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश पाका र विभिन्न रोग लागेकाहरु छन् । मन्त्रालयको तथ्यांक अनुसार मृत्यु हुनेमा प्रदेश २ मा सबभन्दा बढी ३९ जना छन् । दोस्रो स्थानमा वाग्मतीमा १८ र त्यसपछि प्रदेश ५ मा १२ जनाको ज्यान गएको छ ।
० प्रदेश नम्बर १ मा-८
० प्रदेश नम्बर २ मा-३९
० वाग्मती प्रदेशमा-१८
० गण्डकी प्रदेशमा-६
० प्रदेश नम्बर ५ मा १२
० कर्णाली प्रदेशमा ४
० सुदूरपश्चिम प्रदेशमा ८
बिहीबार नेपालमा ५ सय भन्दा बढी संक्रमित थपिएका छन । बिहीबार ९ हजार ८ सय ५९ भएको पीसीआर परीक्षणमा ५ सय २५ जनामा कोरोना संक्रमण देखिएको हो । उपत्यकामा मात्रै १ सय २७ जनामा संक्रमण देखिएको छ । योसँगै बिहीबारसम्म कोरोना भाइरसबाट २४ हजार ९ सय ५७ जना संक्रमित भएका छन ।
बिहीबार प्रदेश नम्बर १ मा ७ सय २५, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ८९, वाग्मती प्रदेशमा १ हजार ७ सय ३ र गण्डकी प्रदेशमा २ सय ४२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ८०, कर्णाली प्रदेशमा २ सय १६ र सुदूरपश्चिम प्रदेशमा ८ सय ७० गरी देशभरी ८ हजार २५ संक्रमित उपचाररत रहेका छन ।
होम आइलोसेनमा प्रदेश नम्बर १ मा ७२, प्रदेश नम्बर २ मा ९८ र बागमती प्रदेशमा ३६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ सय ४५, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा ७ सय ७ गरी ४ सय ६६ जना होम आइसोलेसनमा रहेका छन ।
बिहीबार १ सय ९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार ४८, प्रदेश नम्बर २ मा ३ हजार ४ सय ४९, बागमती प्रदेशमा ६ सय २७ र गण्डकी प्रदेशमा १ हजार ४ सय ९९ जना संक्रमणमुक्त भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय २४, कर्णाली प्रदेशमा १ हजार ९ सय ७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८३ जना गरी आजसम्म १६ हजार ८ सय ३७ जना डिस्चार्ज भएका छन् । देशभरीका क्वारेन्टिनमा क्वारेन्टिनमा १४ हजार ७ सय ५९ जना रहेका छन् ।