पानीको अधिकतम खुद्रा मूल्य तोकियो, अब एक बोतलको मात्र १६ रुपैयाँ
काठमाडौं साउन २६ । उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले पहिलो पटक पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ ।
एक कार्यक्रमका बीच विभागले पिउने पानीको मूल्य सार्वजनिक भएको हो । जारको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ तोकिएको छ । यस्तै एक लिटर बोत्तलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकिएको छ ।
उपभोक्ता, व्यवसायी र उपभोक्ता अधिकारकर्मीसँगको छलफल र अध्ययनपछि नयाँ मूल्य तोकिएको विभागले जनाएको छ ।