संक्रमित युवक कोरोनामुक्त भएसंगै ओखलढुंगा कोरोनामुक्त जिल्ला

ओखलढुंगा,साउन २५ । ओखलढुंगा जिल्ला कोरोनामुक्त जिल्ला बनेको छ । पछिल्लोसमय ओखलढुंगा क्याम्पसको क्वारेन्टाइनमै आइसोलेट भएर उपचार गराइरहेका युवक कोरोनामुक्त भएसंगै ओखलढुंगा कोरोनामुक्त जिल्ला भएको हो।सिद्धिचरण नगरपालिकाका एक युवक निको भइ घर फर्किएका हुन ।
जिल्लामा ७ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा २२ जनाको नतिजा कोरोना पोजेटिभ आएको थियो ।
उनीहरू सबै निको भएर घर फर्किसकेका छन् ।