सुनको भाउ फेरि बढ्यो, एक तोलाकै १ लाख २ हजार ५००
काठमाडौं साउन २२ । सुनको भाउ बिहीबार पनि फेरि बढेको छ । कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा अप्रत्यासित रुपमा बढेको हो ।
बुधबार प्रतितोला १ लाख १ हजार ४०० मा कारोबार भएको पहेँलो धातुमा बिहीबार १ हजार १०० रुपैयाँले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य १ लाख २ हजार २०० निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । एक तोला सेतो धातुको मूल्य १ हजार ३४५ निर्धारण भएको छ ।