काठमाडौँ उपत्यकामा ३१ नयाँ संक्रमित थपिए, जेष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन सरकारको आग्रह
काठमाडौं साउन १८
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.. जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये काठमाडौँका २२, ललितपुरका ८ र भक्तपुरका १ रहेका छन्।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको महामारी तीव्र रुपमा फैलिँदै गएको भन्दै जेष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।
आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोनाको महामारी तीव्र बनेको भन्दै ६० वर्षमाथिका वृद्ध र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन् ।
वृद्ध र बालबालिकामा रोग प्रतिरोधी क्षमता कम हुने भन्दै महामारी फैलिइरहेका बेला सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।