सागका स्वर्ण पदक विजेता खेलाडीलाई नगद सहित सम्मान



नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका स्वर्ण पदक विजेता खेलाडीलाई नेपाली कांग्रेसले नगदसहित सम्मान गरेको छ ।

कांग्रेसको केन्द्रिय खेलकुद विभागको शुक्रबार सागका स्वर्ण विजेता ८० खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

सानेपास्थित पार्टी मुख्यालय कांग्रेसका सभापति शेरबहादुर देउवाले एकल र टिम स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेका छन् ।

विभागले एक स्वर्ण विजेतालाई १० हजार, दुई स्वर्णलाई १५ हजार र चार स्वर्ण जित्नेलाई २५ हजारबाट सम्मान गरेको हो ।

काठमाडौं पोखरा र जनकपुरमा भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक गरी २ सय ७ पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्