झोरको झरना नजिकै जिपलाइन सम्भाव्यता नमूना परिक्षण (भिडियो)


काठमाडौ,साउन १४ । झोरमा जिपलाइन सम्भाव्यता नमूना परिक्षण सम्पन्न भएको छ। बुधबार टोखा नगरपालिका १ झोरको झरना नजिकै जिपलाइन सम्भाव्यताको नमूना परिक्षण सम्पन्न भएको हो । टोखा नगरको गुरुयोजना अन्तर्गत झोरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न झण्डै २६ करोड बराबरको योजना अगाडि बढाइएको टोखा नगरपालिकाले जनाएको छ। जस अन्तर्गत बालमैत्री पार्क निर्माणाधीन अवस्थामा रहेको नगर प्रमुख प्रकाश अधिकारीले बताएका छन् ।
सोही योजना अनुसार नगरले यस क्षेत्रमा जीपलाइन तथा साहसिक रक क्लाईम्बिङ(क्यानोइङ)का लागि नमूना परिक्षण गरिएको टोखा नगरपालिका वडा नम्बर १ ले जनाएको छ।

नगरपालिकाको योजनामा झोर झरना पर्यटकीय गन्तव्यका रुपमा रुपान्तरण गर्न झरना नजिकै वनभोजस्थल समेत निर्माण प्रक्रिया अगाडि बढाइएको छ भने पर्यटकलाई राजधानी काठमाडौ र झरना नियाल्न पुलको निर्माण समेत गरिने टोखा नगरका उपमेयर ज्ञानमाया डङोलले बताए।
जिपलाइन संचालनका लागि इन्डस्ट्रीयल अपार्ट एसोसिएसन ले उक्त ठाउँ उपयुक्त भएको बताएको छ। यस्का लागि आवश्यक पुर्वाधार निर्माणमा नगर तथा वडा तत्काल लागि पर्ने वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । झोर जिपलाइन परियोजना सम्भाव्यता अध्ययन प्रतिवेदनको औपचारिक पर्खाइमा रहेको उनले बताए ।
यससम्बन्धी पूरा विवरण भिडियोमा हेर्न सक्नुहुनेछ :-