राप्रपाबाट सुनिल थापासहित ३१ जनाको राजीनामा, नुवाकोटकी केन्द्रीय सदस्य राज्यलक्ष्मी श्रेष्ठ पनि
काठमाडौ,साउन १० ।राप्रपाबाट थापासहित ३१ जनाको राजीनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र राम पदारथ शाह छन् ।
राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनुपरेको उनीहरुले संयुक्त राजीनामा उल्लेख गरेका छन् । राजीनामा पत्रमा भनिएको छ, नेतृत्वको ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको, स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रतिको आमरुपमा विश्वास समाप्त भएको र पार्टी दिशाहीन बनेको छ ।
उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने उल्लेख गर्दै उहाँहरुले आजकै मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गरेका छन् । राजीनामा दिनेमा सो पार्टीका १२ केन्द्रीय सदस्य छन् ।
राजीनामा दिनेहरु
१ सुनिलबहादुर थापा -धनकुटा, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमहामन्त्री, राप्रपा, (पूर्वमन्त्री उद्योग वाणिज्य)
२ विष्णुविक्रम थापा- सिन्धुपाल्चोक, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य, राप्रपा, पूर्व गृहराज्यमन्त्री
३ बाबुराम बस्नेत -भोजपुर, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं सचिवालय सदस्य, राप्रपा
४ बृजलाल यादव -बारा, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य एवं पूर्व सहायक महामन्त्री
५ पदमबहादुर बस्नेत – धनकुटा, केन्द्रीय सदस्य, पूर्वजिल्ला सभापति धनकुटा
६ किरण गिरी- काठमाडौं, केन्द्रीय सदस्य एवं प्रवक्ता, राप्रपा
७ दिलीप राई- झापा, केन्द्रीय सदस्य
८ आशाराम चौधरी- कैलाली, केन्द्रीय सदस्य
९ चन्द्रकुमार घुण्डे गुरुङ- संखुवासभा, केन्द्रीय सदस्य, राप्रपा
१० राज्यलक्ष्मी श्रेष्ठ- नुवाकोट, संविधान सभा सदस्य
११ चतुरमान विश्वकर्मा- झापा, केन्द्रीय सदस्य
१२ राम पदारथ शाह- सर्लाही, केन्द्रीय सदस्य
१३ वीरेन्द्रलाल कर्ण- धनुषा, पूर्वकेन्द्रीय सदस्य
१४ नारायण राउत- भोजपुर, पूर्वकेन्द्रीय सदस्य
१५ इन्द्रबहादुर तामाङ- सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, जिविस उपसभापति
१६ राजकुमार भट्टराई- सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, शिक्षक परिषद्
१७ डम्बरबहादुर राई- भोजपुर, महाधिवेशन प्रतिनिधि
१८ माधव पौडेल- सिन्धुपाल्चोक, जिल्ला कार्यसमिति सदस्य
१९ अर्जुन विक्रम थापा – सिन्धुपाल्चोक, पूर्वगाविस अध्यक्ष, बोडेगाउँ
२० हरेन्द्रप्रसाद यादव- बारा, जिल्ला अध्यक्ष
२१ रुपनारायण यादव- बारा, जिल्ला उपाध्यक्ष
२२ भिखारी लाल यादव- बारा, जिल्ला सदस्य
२३ भिखारी लाल यादव- बारा, जिल्ला सदस्य
२४ जिल्ला अध्यक्ष लक्ष्मी सुब्बासहित जिल्ला कार्य समिति धनकुटाका सम्पूर्ण सदस्यहरु धनकुटा
२५ राप्रपा धनकुटाका सम्पूर्ण नगर, गाउँ, क्षेत्रीय इकाइ समितिहरु धनकुटा
२६ महेन्द्र बस्नेत- मोरङ, पूर्व जिल्ला सदस्य
२७ गोपी ठकुरी, सिन्धुपाल्चोक – जिकास सदस्य
२८ डोलनाथ आचार्य- सिन्धुपाल्चोक, गाउँपालिका उपाध्यक्ष
२९ दबिबल तामाङ- सिन्धुपाल्चोक नगरपालिका इकाइ सदस्य
३० मदन घिमिरे- धनकुटा, वरिष्ठ उपाध्यक्ष, राप्रपा प्रजातान्त्रिक युवक संगठन
३१ ध्रुव थापा- सिन्धुपाल्चोक, पूर्व युवक संगठन सदस्य