पछिल्लो २४ घन्टामा १५६ जनामा कोरोना संक्रमण, कुल संक्रमित १७ हजार ६५८



काठमाडौ,साउन ४ । बितेको २४ घन्टामा विभिन्न जिल्लामा १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

संक्रमितमध्ये ११ हजार ६ सय ९५ जना उपचारपछि घर फर्किएका छन् भने ४० जनाको ज्यान गएको छ ।

photo:google

प्रतिक्रिया दिनुहोस्