राखेप सदस्य–सचिव पदका लागि निवेदन दिने २७ जना को को हुन् [सूचीसहित]
काठमाडौं १ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिव पदका लागि २७ जनाले आवेदन दिएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट हुन लागिएकोमा सो पदका लागि २७ जनाले आवेदन दिएको राखेपले जनाएको छ ।
नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवाल स्वतः पदमुक्त भएका थिए । त्यही रिक्त रहेको पद पुनःस्थापना गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौलासहितको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । सो समितिले एक साताका लागि समय दिएर दरखास्त आह्वान गरेकोमा बिहीबार दरखास्त दिने समय सकिएको हो ।
- सदस्य–सचिवमा आवेदन दिनेमा
- निवर्तमान सदस्य–सचिव रमेशकुमार सिलवाल
- ललितपुरका रोशन महर्जन
- भरतपुरका अनिल अधिकारी
- सोलुखुम्बुका हर्कबहादुर राई
- सुनसरीकी मिना श्रेष्ठ
- डडेलधुराका शिवराज भट्ट
- बाग्लुङका लिलबहादुर थापा मगर
- काठमाडौँका रवि राजकर्णिकार,
- काठमाडौँकै अचुतम लामिछाने
- ललितपुरकी निलमसिंह बज्राचार्य
- झापाका मेघराज पौडेल
- काठमाडौँका रामेश्वर श्रेष्ठ
- ललितपुरका अच्युत खनाल
- पोखराका मनबहादुर गुरुङ
- मोरङका विजयकुमार राई
- काठमाडौँका सानुराजा केसी
- किशोर शाही
- ललितपुरका अञ्जु श्रेष्ठ, सुदिल शाही
- काठमाडौँका रमेशमान डंगोल, ध्रुवराज न्यौपाने
- बाजुराका खेमराज अधिकारी
- काठमाडौँका राम पुडासैनी
- ललितपुरका सुनिल नकर्मी
- काठमाडौँका रणबहादुर चन्द
- मकवानपुरका दीपेन्द्र ढकाल
- कास्कीका तेजबहादुर गुरुङ