धादिङमा मास्क अनिवार्य,नलगाउनेलाई १०० रुपैयाँ जरिवाना
साझापथ संवाददाता
धादिङ, असार २७ । धादिङमा मास्क अनिवार्य गरिएको छ।धादिङको प्रवेश नाका धादिङबेसीस्थित पुछारबजारमा प्रहरीले यो नियम लागु गरेको छ । प्रहरीले पछिल्लो दिन यता मास्क नलगाउनेहरुलाई १०० रुपैया जरिवाना समेत गर्न थालेको छ ।
कोरोना भाईरस रोकथामका लागि सरकारले मास्क अनिवार्य गरेसंगै धादिङमा पनि प्रहरीले शुक्रबारदेखि मास्क नलगाउनेलाई कार्वाही स्वरुप १०० रुपैयाँ जरिवाना लिन थालेको हो । गृह मन्त्रालयले निर्देशन जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय धादिङले घर बाहिर निस्कँदा मास्क अनिवार्य नत्र जरिवानाको व्यवस्था गरेको हो ।
पछिल्लो दिन यता धादिङमा पैदल यात्रु तथा सवारी साधन चलाकलाई समेत मास्क अनिवार्य गरिएको छ ।