दाङमा ४५ प्रतिशत रोपाइँ सकियो
दाङ,असार १६ । दाङ जिल्लामा विभिन्न ठाउँमा रोपाइँ सम्पन्न भएको छ ।
मल र समयमै पानी परेकाले यो वर्ष किसानले समयमै रोपाइँ गर्न पाएका छन् । समयमै मल र पानी पाउँदा छिट्टै रोपाइँ गर्न पाएकोमा उनीहरु खुशी समेत भएका छन् ।
रोपाईमा काम गर्ने युवाहरु क्वारेन्टाइन बसेको हुँदा ट्याक्टरबाट काम गरेको कृषकहरुले बताएका छन् । दाङमा आजसम्म करिब ४५ प्रतिशत धान रोपाइँ भएको कृषी ज्ञान केन्द्र दाङले जनाएको छ । त्यसैगरी यस बर्ष कोरोना महामारीका कारण यस वर्ष खेतीपाती झन् बढ्ने अनुमान गरिएको छ ।
दाङमा विगतका बर्षहरुमा ३८ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा यस बर्ष भने करिब ४० हजार हेक्टरसम्ममा धान खेती हुने ज्ञान केन्द्रले जनाएको छ ।