काठमाडौ उपत्यकामै देखियो सलह
ललितपुर,असार १५ । सुरुमा नेपालको तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि देखा परेका छ ।
सुरुमा तराई त्यस लगत्तै मध्यपहाडी जिल्लामा प्रवेश गरेको सलह आज बिहान ललितपुरको दक्षिणी भेगमा देखा परेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
ललितपुरको फसीखेल, लेले, गोदावरी लगायतका स्थानमा सलह देखा परेको प्रहरीले समेत भनेको छ ।
केहि दिन अघि बारा, पर्सा, सर्लाही, सिन्धुली, रामेछाप लगायतका जिल्लामा देखिएका सलह अहिले तराईका दक्षिणी क्षेत्रमा बढी देखिएका छन् ।
फट्याङ्ग्रा प्रजातिका सो किरालाई अनिकाल निम्त्याउने किराका रुपमा समेत लिइन्छ । ठूलो समूहमा उड्ने र जहाँ बस्यो, त्यहीँको अन्नबाली, पातपतिङ्तर सखाप पार्ने भएकाले पनि सलह घातक मानिन्छन् ।