नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या १३ पुग्यो
काठमाडौ ,जेठ २४ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या १३ पुगेको छ। थप २ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
कर्णालीमा उपचाररत डोल्पाका ५८ वर्षीय पुरुष र सेती अस्पतालमा उपचाररत ५५ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।