नुवाकोटको लिखु गाउँपालिकालाई नेकपाद्वारा स्वास्थ्य सामाग्री सहयोग
नुवाकोट,बैशाख – ९ । कोरोना भाईरस (कोभिड-१९) नियन्त्रणका लागि नुवाकोटकाे लिखु गाउँपालिकालाई नेकपा नुवाकोटका जिल्ला युवा नेता समूहद्वारा स्वास्थ्य सामग्री प्रदान गरिएको छ।
जिल्लास्थित नेकपाका युवा नेता पुर्णलाल श्रेष्ठ,जिल्ला सदस्य तथा लिखु सह- ईनचाज प्रदिपप्रसाद पाठक(सुमन),जिल्ला सदस्य केसर सेञ्चुरी लगायतले स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठ लाई हस्तान्तरण गर्नुभएको हो।
गाउँपालिकालाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री अन्तर्गत पिपिई ५ सेट,मेडिकल मास्क ६००,मेडिकल पन्जा १००,भाैउचर १३०,सेनिटाईजर ७ लिटर रहेको छ ।साे कार्यक्रममा लिखु गाउँपालिका उपाध्यक्ष राेजिना राई,वडा अध्यक्षहरु भाेला सेढाई ,रामकृष्ण श्रेष्ठ , भिम ब. घले, नेकपा लिखु ईनचाज धर्म अधिकारी,पपार्टी अध्यक्ष मेघनारायण श्रेष्ठ र पार्टी सचिव बिवेक ढकाल लगायतकाे उपस्थिति रहेकाे थियाे।