र्यापिड टेष्टमा गोरखाका एक युवामा पनि देखियो कोरोना पोजिटिभ
गोरखा,बैशाख-३। र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट परीक्षण गर्दा गोरखा आरुघाटका एक युवामा पनि कोरोना पोजिटिभ देखिएको छ ।
आरुघाट गाउँपालिका–५ का ती ३१ वर्षीय युवा फागुन २३ गते बहराइनबाट नेपाल आएका थिए । उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ ।
नेपाल आएको ४० दिनपछि मात्र उनमा संक्रमण देखिएको हो ।