कोरोनाका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो
एजेन्सी,चैत-२७।कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार ५ सय २ पुगेको हो । भाइरस संक्रमितको संख्या १५ लाख १८ हजार ७ सय १९ पुगेको छ । अहिलेसम्म ३ लाख ३० हजार ५ सय ८९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा ६ हजार ४ सय १४ जनाको मृत्य भएको छ ।
अहिलेसम्म सबैभन्दा बढी इटलीमा १७ हजार ६ सय ६९ को मृत्यु भएको छ भने अमेरिकामा १४ हजार ७ सय ९५ ले ज्यान गुमाएका छन्।
त्यसैगरी स्पेनमा १४ हजार ७ सय ९२, फ्रान्समा १० हजार ८ सय ६९, बेलायतमा ७ हजार ९७, इरानमा ३ हजार ९ सय ९३ र चीनमा ३ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ ।