कोरोना भाइरस:मृतक ६० हजार,संक्रमित ११ लाख नाघ्यो
एजेन्सी,चैत-२२ । महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ भने संक्रमित हुनेको संख्या ११ लाख कटेको छ ।
पछिल्लो तथ्यांक अनुसार विश्वभर मृतक संख्या ६१ हजार १ सय ४१ पुगेको छ भने संक्रमितको संख्या ११ लाख ३८ हजार ३ सय ५७ पुगेको छ। भाइरसको संक्रमणबाट २ लाख ३६ हजार १ सय ५७ जना भने निको भई घर फर्किसकेका छन् ।
अहिले सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या रहेका छन् । त्यसपछि इटाली, स्पेन, जर्मनी र चीन अगाडि छन।संक्रमितहरुमा अमेरिकामा २ लाख ७७ हजार ६ सय ०७ जना,स्पेनमा १ लाख २४ हजार ७ सय ३६ जना,इटालीमा १ लाख १९ हजार ८ सय २७ जना,जर्मनीमा ९१ हजार ५ सय ८९ जना,फ्रान्समा ८२ हजार १ सय ६५ जना,चीनमा ८१ हजार ६ सय ३९ जना,इरानमा ५५ हजार ७ सय ४३ जना ,बेलायतमा ४१ हजार ९ सय ०३ जना ,टर्कीमा २० हजार ९ सय २१ जना,स्वीटजरल्यान्डमा २० हजार २ सय ७८ जना,बेल्जियममा १८ हजार ४ सय ३१ जना रहेका छन।