देशभरका अदालत दुइ साता बन्द
काठमाडौ,चैत-७।देशभरका अदालत दुइ साता बन्द हुने भएको छ।सर्वोच्च अदालतको पूर्ण इजलासले देशभरका सबै अदालत चैत २२ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षमा बसेको पूर्ण इजलासले यसप्रकारको निर्णय गरेको हो।
सर्वोच्च अदालतका अनुसार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालत बन्द गरे पनि बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने सुनवाइ हुनेछ।