खेलकुद

नेपालको लगातार दोस्रो जित

काठमाडौं,भदौ ६ । नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । बायोमास ओभल रंगशालामा बुधबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो

एसिया कप खेल्न सन्दीप टीमसँगै नजाने

काठमाडौं,भदौ ५ । एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने भएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गर्दै लामिछाने टिमसँग पाकिस्तान नजाने बताएको हो ।

महिला कबड्डी टोली भारत जाँदै

काठमाडौं,भदौ २ । चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली आज (शनिबार) भारत जाने भएको छ ।  टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले

नुवाकोट क्रिकेट संघको अध्यक्षमा पुनः दुर्गाराज पाठक

नुवाकोट,साउन २८ । नुवाकोट जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः दुर्गाराज पाठक निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न जिल्ला भेलाले अध्यक्ष पाठकको नेतृत्वमा १२ सदस्यीय नुवाकोट जिल्ला क्रिकेट संघ कार्यसमिति

महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं,साउन २६ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटका लागि खेलाडी टोलीको घोषणा गरेको छ । रुविना क्षेत्रीको कप्तानीमा घोषित टोलीमा तीन नयाँ खेलाडीले मौका पाएका

नेपाली महिला क्रिकेट टिमले पायो पहिलो विदेशी प्रशिक्षक

काठमाडौं,साउन २१। नेपाली महिला क्रिकेट टिमले पहिलो विदेशी प्रशिक्षक पाएको छ । महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतकी पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी

ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं,साउन १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् ।ज्ञानेन्द्रले अब आफ्नो नयाँ यात्रा

१९औं एसियाली खेलकुदको लागि पुरुष क्रिकेट टोलीको घोषणा, ज्ञानेन्द्र मल्ल र सार्की टिममा परेनन्

काठमाण्डौ,साउन १२ । १९औंं एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई १५ सदस्यीय टोलीको नाम पठाएको हो ।

ब्राजिलको जितमा एरीको ह्याट्रिक

काठमाडौं,साउन ९ । एरी बोर्गेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा पानमामाथि सानदार जित निकालेको छ । समूह ‘एच’ अन्तर्गत सोमबार साँझ भएको खेलमा ब्राजिलले पानमालाई ४–० गोलले