गुल्मीमा गाई भैँसीमा बाँझोपन हटाउन ‘डोर टु डोर’ उपचार सेवा
गुल्मी,पुस १३ । गाई भैँसीमा बाझोपन हटाउने उदेश्यले गुल्मीमा ‘डोर टु डोर’ पशुको बाँझोपन निवारण शिविर सम्पन्न गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले गाई/भैँसीमा प्रजनन सम्बन्धि समस्याले कृषकमा पर्ने आर्थिक घाटा न्यूनिकरन गर्न ‘डोर टु डोर’ पशुको बाझोपन निवारण शिवीर गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेले बताए ।
शिबिर अन्र्तगत रुरुक्षेत्र गाउँपालिकामा ५० वटा गाई/भैँसीको उपचार गरिएको हो । गाउँपालिकामा ३ दिनसम्म चलेको पशु स्वास्थ्य शिबिरमा पशु प्रजनन विज्ञः डा. लक्ष्मण घिमिरे उपचार गरेका थिए ।
स्थानीय तह पशु सेवा शाखा मार्फत गाई/भैँसीमा बाँझोपनको समस्या देखिएकाले डोर टु डोर कार्यक्रम माग गरेकोले बाँझोपन निवारण शिवीर गरिएको पाण्डेले बताए ।कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका तर्फबाट कार्यालय प्रमुख हुम्कान्त पाण्डे, पशु चिकित्सक डा. नबिना ढकाल, पशु प्रविधिको रन्जित महतोले लगायतले पशुको बाँझोपन निवारण शिवीर सहजीकरण गरेका थिए ।
शिविरमा रिपिट ब्रीडिङ, ईण्ड्रोमेट्राइटिस, एनेस्ट्रस जस्ता प्रजनन सम्बन्धि रोगको उपचार गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको छ । गाई भौँसीको बाँझोपन, जुका, माटे खनिज तत्व कमीबारे उपचार गरेर पशुको प्रजनन स्वास्थ्य बढाउने उदेश्यले यस्तो खालको कार्यक्रम गरिएको कार्यालय प्रमुख पाण्डेको भनाइ छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , गुल्मी को २०८१/८२ वार्षिक स्वीकृत कार्यक्रम अनुसार डोर टु डोर पशुको बाझोपन निवारण शिवीर पहिलो चरणमा रुरुक्षेत्र गाउँपालिकामा गरेको हो । ‘डोर टु डोर’ पशुको बाँझोपन निवारण शिविर मार्फत घरघरमा पशु उपचार सेवा पाउदा स्थानीय खुसी छन् ।
रुरुक्षेत्र गाउँपालिकामा भित्र ७ हजार ३५६ गाई÷भैँसी रहेका छन् । दैनिक करिब २ हजार लिटर दूध संकलन गरि औपचरिक बजारमा लैजाने काम हुँदै आएको छ । डोर टु डोर पशुको बाझोपन निवारण शिवीरमा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक हरिहर शर्मा तिवारी, रुरुक्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे स्थानीय जनप्रतिनिधि दुग्ध उत्पादक सहकारीका सस्था सहकारीका सहभागिता रहेको थियो ।