नुवाकोटको लिखु र ककनी जोड्ने दुई पक्की पुलको एकैपटक शिलान्यास



नुवाकोट,पुस ५ । जिल्लाको लिखु र ककनी गाउँपालिका जोड्ने दुई पक्की पुलको एकैपटक शिलान्यास गरिएको छ ।

जिल्लाको लिखु गाँउपालिका–३ स्थित सुपारीखोल्छीबाट बेलकोटगढी नगरपालिका–१३ स्थित ढाडेँफेदी जोड्न सिन्दुरे खोलामा निर्माण थालिएको पक्कि पुल र  लिखु गाँउपालिका–३ बाट ककनी–७ जोड्न चतुराले फेदी स्थित सिन्दुरे खोलामा निर्माण थालिएको पक्कि पुलको एकै दिन शिलान्यास गरिएको हो ।

शुक्रबार बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केबाट सयुक्त रुपमा शिलान्यास पुलको शिलान्यास गरिएको हो । पुल आठ करोड ४६ लाख र पाच करोड ८६ लाख लागतमा आगामी असोज भित्र सम्पन्न गर्न निर्माण व्यावसायीलाई जिम्मा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्